हिपमत डटकम

सोमबार, माघ ०३, २०७८ || 406  पटक पढिएको

प्रहरीले सुनसरीबाट एक सय किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बर्जु गाउँपालिका-५ तिनमुहान दक्षिण शाखा नहरबाट प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बिहार कटहरिया जिल्ला देवीपुर-१० घर भएका ५० वर्षीय जितेन्द्र राय, देवीपुर-१९ का २६ वर्षीय मिठु राय र पूर्णिया जिल्ला सरसी-३ का १९ वर्षीय पंकज महलदार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई शनिबार राति ८ बजे तिनमुहान दक्षिण शाखा नहरको ७ नम्बर ढोका नजिकबाट पक्राउ गरेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकरी दिए।

उनीहरूले पाँच वटा सेतो प्लाष्टिकको बोरामा गाँजा बोकेका थिए। पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारबाही थालिएको थापाले बताए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!