बिहिबार, फाल्गुण ०८, २०७६ || 1261  पटक पढिएको

बलिउड अभिनेत्री तथा मोडल लिजा हेडन दोस्रो सन्तानकी आमा बनेकी छन्। लिजाले छोरो जन्म‍ाएकी छन्। उनले छोराको नाम लियो राखेकी छन्। लिजाले सोसल मिडियामा छोराको तस्बिर सेयर गर्दै फ्यानलाई यसको जानकारी गराएकी हुन्

। लिजाले आफ्ना छोराहरू ज्याक र लियोको तस्बिर सेयर गर्दै लेखेकी छन् ‘यो सानो आशीर्वादले मेरो मन छोएको छ। यस्तो पहिला कहिल्यै भएको थिएन। जुन प्रेमले मैले उनीहरूलाई हेरिरहेको छु त्यसको बयान गर्न मसँग शब्द नै छैन। मलाई अझै विश्वास लागि रहेको छैन कि म यिनीहरूकी आमा हुँ।’

२०१६ अक्टोबरमा डिनो लालवानीसँग विवाह गरेकी लिजाको यसअघि उनको एक छोरा थिए।। १७ मे २०१७ मा उनले पहिलो सन्तान जन्माएकी थिइन्। लिजा २०१० मा प्रदर्शनमा आएको फिल्म ‘आइसा’ बाट बलिउडमा प्रवेश गरेकी हुन्। उनले क्विन, हाउसफुल(३ र ऐ दिल है मुस्किलजस्ता हिट फिल्ममा काम गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!