हिपमत डटकम

शुक्रबार, पौष ३०, २०७८ || 805  पटक पढिएको

बिराटनगर । सन्थाल समुदायमा सोराहय पर्वको रौनक छाएको छ । मोरङको सुनवर्षिनगरपालिकामा बिबिध कार्यक्रम गरि छ दिनसम्म यो पर्व धुमधामका साथ मनाईदै छ । आज सोराहय पर्वको पाचौ दिन आज सुनवर्षि नगरपालिकामा वडा नम्बर -३ मा भब्य कार्यक्रमको आयोजना गरि जातिय झाकि सहित सन्थाल समुदायका कलाकरहरुले आफ्नो कला समेत प्रस्तुत गरेका थिए ।

सुनवर्षि नगरपालिका वडा न -३ भेलाईमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सन्थाल जातिको नृत्य ,गायन ,झाकि ,नाटकहरु कलाकारहरुले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरंजन दिएका थिए । कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य लिला बल्लव अधिकारी रहेका थिए भने,कार्यक्रको बिशिष्ट अतिथि सुनवर्षि नगरपालिकाका मेयर कालि प्रसाद दास उपमेयर मन्जु राई रहेका थिए, अथिथिहरुमा वडा न -३ का वडाअध्यक्ष टेक बहादुर बिष्ट ,वडा न -६ का वडाअध्यक्ष तेजनारायण ताजपुरिया लगायतको उपस्थिति रहेको थियो

सन्थाल समुदायको महान पर्वको रुपमा मनाउने यस सोराहय पर्वमा विशेषगरि आफ्नो चेलिबेटीहरुलाई निमन्त्रणा गरि बिभिन्न परिकारहरु खुवाउने मान सम्मान दिने ,जातिय नाचगान गर्ने ,आफ्नो कुल देवताको पुजा गर्ने हिपमत डटकमलाई सन्थाल समुदायका अगुवाहरुले बताए । सोराहय पर्व भोलि माघ १ गते माघे संक्रातिको दिन जंगलमा गई सिकार गरेर ल्याएर खाने अनि औपचारिक रुपमा यो सोराहय पर्वको समापन हुने सन्थाल समुदायका अगुवाहरुले बताएका छन् ।

(नरेश माझी सुनवर्षि)”परीक्षार्थी”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!