सन्तोष कुमार बास्तोला

शुक्रबार, पौष ३०, २०७८ || 336  पटक पढिएको
सोराहय पर्व

बिराटनगर । सन्थाल समुदायमा सोराहय पर्वको रौनक छाएको छ । मोरङको जहदा गाउँपालिकामा बिबिध कार्यक्रम गरि छ दिनसम्म यो पर्व धुमधामका साथ मनाईदै छ । आज सोराहाय पर्वको पाचौ दिन जहदा गाउँपालिका वडा न -३ मा भब्य कार्यक्रमको आयोजना गरि जातिय झाकि सहित सन्थाल समुदायका कलाकरहरुले आफ्नो कला समेत प्रस्तुत गरेका थिए ।

जहदा गाउँपालिका वडा न -३ जयरामपुरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सन्थाल जातिको नृत्य ,गायन ,झाकि ,नाटकहरु कलाकारहरुले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरंजन दिएका थिए ।
आज भएको कार्यक्रममा जहदा गाउँपालिकाको अध्यक्ष कैलाश मण्डल ,उपाध्यक्ष सालो साह ,जिवन बिकासका संस्थापक योगेन्द्र मण्डल ,सामाजिक अभियन्ता टिका बिसुन्के लगायतको उपस्थिति रहेको थियो ।

सन्थाल समुदायको महान पर्वको रुपमा मनाउने यस सोराहाय पर्वमा विशेषगरि आफ्नो चेलिबेटीहरुलाई निमन्त्रणा गरि बिभिन्न परिकारहरु खुवाउने मान सम्मान दिने ,जातिय नाचगान गर्ने ,आफ्नो कुल देवताको पुजा गर्ने हिपमत डटकमलाई सन्थाल समुदायका अगुवाहरुले बताए । सोराहय पर्व भोलि माघ १ गते माघे संक्रातिको दिन जंगलमा गई सिकार गरेर ल्याएर खाने अनि औपचारिक रुपमा यो सोराहय पर्वको समापन हुने सन्थाल समुदायका अगुवाहरुले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!