भारतका कानुन मन्त्री किरण रिजिजूले चीनद्वारा अरुणाचल प्रदेशका १५ स्थानको नाम परिवर्तन गरेको मुद्दामा कडा प्रतिक्रिया दिएका छन्। कुनै विदेशीले हाम्रो राज्य र राज्यका ठाउँहरूको नाम परिवर्तन गरोस्, यो हामी मान्न सक्दैनौ रिजिजूको भनाइ रहेको छ।

भारत सरकारका केन्द्रीय कानुन मन्त्री रिजिजू बिहीबार अरुणाचल प्रदेशको राजधानी क्षेत्र नाहरलागुनमा राज्यको तागिन जनजातिको सी दोन्यी पर्वमा बोल्दै चीनको त्यस कार्यको कडा शब्दमा निन्दा गरे । उनले अरुणाचल प्रदेश भारतको एउटा अभिन्न अङ्ग रहेको र यस प्रकारको कार्यले त्यस क्षेत्रको स्थितिमा कुनै फरक नपर्ने बताए।

 

भारतले प्रदेशलाई अरुणाचल नाम दिएको हो र यो नाम नै कायम रहनेछ। विदेशीहरूले यस क्षेत्रको नाम राख्दा हाम्रो स्थिति बद्लिने छैन।

गत हप्ता चीनले नामाङ्कन गर्ने क्रममा उतराञ्चलका विभिन्न १५ ठाउँको नाम परिवर्तन गरी नयाँ नाम दिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!