शिवरात्री पर्व अब धार्मिक उत्सवमात्र रहेन, यो यूवाहरुको प्रेमिल उत्सवपनि बनेको छ । शिवरात्रीका विविध पक्षलाई क्यास गर्दै यू – यूथ अफ उर्लाबारीले सोही अवसरमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । उर्लाबारीबाटै सांगीतिक करिएर शुरु गरी देशविदेशमा कहलिएका गायकद्वय डम्बर नेपाली र निशान भट्टराईले एउटै मञ्चमा प्रस्तुति दिने भएपछि कार्यक्रमको चर्चा चुलिएको हो । उर्लाबारी ५ को सिंघिम होटलपरिसरमा फागुन ९ गते तय गरिएको शिवरात्री साँझलाई सभ्य र भव्य बनाउन आयोजकको दौडधुप बढेको छ । कार्यक्रमकै सेरोफेरोमा रहेर आयोजक संस्था यू – यूथ अफ उर्लाबारीका सहसचिव तथा कार्यक्रम संयोजक किशोर कुमार श्रेष्ठसँग गरिएको कुराकानीः

१ शिवरात्री साँझको तयारी के कस्तो हुँदैछ ?
कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी राखेका छैनौ । प्रचार प्रसारलाई तीब्रता दिइएको छ । कार्यक्रम तयारी र सम्पन्न गर्न हामीलाई पहिलेको भन्दा बढी चुनौती थपिएको छ । खुसीको कुराचाँहि के छ भने हामीलाई अपेक्षा गरेभन्दा बढी धेरैतिरबाट साथ सहयोग मिलेको छ ।

२ गायकद्वय डम्बर नेपाली र निशान भट्टराईलाई सम्मान गर्दै हुनुहुन्छ, लोकरिझ्याईको लागि मात्र सम्मान आयोजना गर्नु भाको त हैन नि ?
कुनैपनि मान सम्मान,अलंकार र पदवी दिनुको तर्क र तुक हुनुपर्छ । हामीले हचुवाको भरमा गायकद्वयलाई सम्मान गर्न लागिरहेका छैनौ । स्थानीयवासी मात्र नभएर दुनियाँ साक्षी छ, डम्बर नेपाली र निशानका भट्टराई बारेमा । भुइँतहबाट उठेर, अनेक हण्डर खाएर अनि संघर्षको भट्टीमा खारिएर उहाँहरुले जुन उचाई प्राप्त गर्नुभएको छ । जुन सफलता हाँसिल गर्नुभएको छ, यो चानचुने कुरा हैन । उहाँहरुको गृहनगरमा सांगीतिक कार्यक्रम भइरहँदा, अझ उहाँहरुकै प्रस्तुति रहने कार्यक्रममा हामी निरपेक्ष हुन सक्दैनौ । नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदान र उर्लाबारीको चिनारीमा ईटा थप्ने कार्य गरेकोले हामी डम्बर नेपाली र निशान भट्टराईप्रति कृतार्थ छौ । यसर्थ यू यूथ अफ उर्लाबारी वर्तमान समयका हनोहार यिनै गायकलाई कर्तल ध्वनीका साथ स्वागत तथा सम्मान गर्न चाहन्छ ।

३ कार्यक्रम भव्य हुने बताउनुभयो । खर्चको स्रोत के हो ? खर्च व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
निश्चय नै, कुनैपनि काम गर्न आर्थिक स्रोत नै महत्वपूर्ण पक्ष हो । यद्यपि खर्च मात्र सबैथोक होईन, कार्यक्रम सम्पन्न गर्ने सामुहिक अठोट मुख्य कुरा हो । यसबाहेक कार्यक्रमको ओज र स्तर हेरिकन स्थानीयवासीको साथ, सहयोग र हौसला पाएका छौ । हामीले जेजति साथ पाउनुपर्ने हो पाएका छौ । अति कम खर्चमा कार्यक्रम सम्पन्न गर्न लागेका छौ । तडकभडक रहित विशुद्ध मनोरञ्जा ,पारीवारिक कार्यक्रम हुने भएकोले खर्च मेन्टनका लागि स्थानीय संघसंस्था र व्यवसायीबाट सहयोग मिलेको छ । टिकट शुल्क पनि निर्धारण गरेका छौै । यिनै स्रोत कार्यक्रम सम्पन्न गर्ने आधार हुन् ।

४ कार्यक्रमका प्रायोजक, मुख्य प्रायोजकहरु पनि छन् की ? अवस्यपनि,शिवरात्री साँझलाई टुवोर्ग बियरले मुख्य प्रायोजन, एभरेष्ट फनपार्क र हाम्रो होटल डटकमले सहप्रायोजन गरेका छन् । यस्तै, समाजसेवी सुन्दर श्रेष्ठको बिशेष सहयोग रहने नै भयो । यसका साथैं दर्जनबढि संघसंस्थाको साथ र सहयोग प्राप्त छ ।

५ तपाईहरुको संस्थाको गठन र यसको औचित्यका बारेमा भन्नुपर्दा ?
दुई वर्षअघि समाजमा केही गरौं भन्ने भाव बोकेका उर्जाशील यूवाहरु एकत्रित भई समुह गठन गर्यौ । संस्थागत रुपमै आज यू – यूथ अफ उर्लाबारी दृश्यमा आएको छ । सामाजिक गतिविधिहरु गरिरहेकै छौ । यो संस्था स्थानीय स्तरमा सामाजिक काममा क्रियाशिलताको अग्रणी र अब्बल छ भन्ने हाम्रो दाबी छ । दुःख बिमारमा परेर आर्थिक अभाव झेलिरहेकालाई सहयोग संकलन गरिदिने, लागुऔषध बिरुद्ध बिभिन्न सचेतना मुलक तालिम र कार्यक्रम गरेका छौ । हरेक बर्ष शिवरात्रीमा कार्यक्रम गर्दा बचेको रकम दिनदुःखिप्रति खर्चिएका छौ । अघिल्लो वर्ष मिर्गौला पीडित १२ वर्षीया रेश्मा सेर्मा बहिनीलाई कार्यक्रमबाट संकलन गरेको नगद ३ लाख १६ हजार २ सय ३० रुपैया सहयोग गर्न सक्यौ । त्यस कार्यले हामीलाई दिनदुःखिको सहयोगमा समर्पित हुन थप उर्जा मिले छ । हाम्रो छाती गर्विलो भएको छ । यतिसम्म ठिकै थियो । तर अफसोच गर्दैभन्दै जाँदा उनलाई बचाउन सकनौ ।

 

६ र,अन्त्यमा………………. ?
हाम्रो कुरा राख्न दिनुभएकोमा तपाईको सञ्चारमाध्यमलाई धन्यवाद दिन चाहान्छौ । संगीत पारखीहरुलाई हाम्रो संस्थाको मात्र कार्यक्रम नभएर आफ्नै कार्यक्रम सम्झेर सहभागिता जनाइदिनु हुनपनि आमन्त्रण गर्दछौ । सबैको साथ सहयोगको अपेक्षासहित । कार्यक्रममा गायकद्वय डम्बर नेपाली र निशान भट्टराईलाई सम्मान गर्ने चर्चापनि छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!