हिपमत डटकम

आइतबार, पौष २५, २०७८ || 430  पटक पढिएको

यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।

यी विष्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले नाम न भन्ने सर्तमा जानकारी दिएका छन् ।

सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विष्फोटक विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्याइएको बारुदी सुरुङ्ग भत्काउन अभियान शुरु गरेको जनाइएको छ ।

पछिल्ला दिनहरूमा सरकार समर्थक सेनाहरूले शाब्वामा हुथीहरू विरुद्ध ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेर उसैलान लगायतका प्रमुख जिल्लाहरूबाट विद्रोहीहरूलाई बाहिर निकाल्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!