हिपमत डटकम

शनिबार, पौष २४, २०७८ || 418  पटक पढिएको

सुनिल स्मृति साहित्य महोत्सवका संयोजक जनक घर्तिमगरको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा नेपालको सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको प्रमुख आतिथ्यता रहेको थियो । महोत्सवको पहिलो दिन ३ वटा बहस सेसन (कविले बिराएको बाटो, सुनिलको सपना, सिनेमामा छुटेको भूगोल) प्रस्तुत भएको छ ।

प्रमुख अतिथि महराले रोल्पामा साहित्यिक महोत्सव हुनु गर्वको कुरा रहेको बताए । महराले साहित्यसँग जोडिएको आफ्नो किस्सा समेत सुनाए । आफू २३ वर्षको हुँदा रोल्पाबाट साहित्यिक पत्रिका ‘हटारु’ ’निकालेको बताए । नुन बोक्ने हटारुको नामबाट ०३८ सालमा सो पत्रिका निकालिएको बताए ।

उनले कार्यक्रममा ‘जनतालाई’ शीर्षकको एक कविता पनि सुनाए । यस कविता लेखेपश्चात आफूलाई सिडीओले र्याखर्याख्ती पारेको समेत उनले बताए ।

उठ ए जनता हो
अझै लाटा भएर नबस
तिमीलाई मृत्युको मुखतिर धकेलिदैछ
तिमीमाथि यहा
मासुको भतेर लगाउने षणयन्त्र रचिदै छ
(कवितांश)

स्थानीय प्रतिभाहरूलाई अगाडि बढाउनुपर्ने महराको जोड थियो । ‘साहित्य भनेको समाजको चेतनालाई परिवर्तन गर्ने माध्यम रहेकाले यसप्रकारको कार्यक्रम हुनु गौरवको कुरा भएको उनले बताए । “ रोल्पामा सबैभन्दा धेरै व्यक्तिहरूको सहादत प्राप्त गर्नुभएको छ । हामीले जनयुद्ध गर्यौँ, ध्वंस गरौँ । निर्माण गरेर देखाउने जिल्ला पनि रोल्पा नै हो ।”, महराले अगाडि भने, “हामीले युद्धमा केके ध्वंस गरौँ, त्यसपछि केके निर्माण गर्यौँ, त्यसको उत्खनन गर्ने काम साहित्यीककर्मीहरूको हो । युद्धपश्चात यहाको मनोसामाजिक अवस्था कस्तो छ, त्यसको यथार्थ चित्रण यहाँ आइपुग्नु भएका साहित्यकर्मीहरूले गर्नुहोस् भन्ने मेरो आग्रह छ ।”

महराले आफू पहिलोपटक सञ्चारमन्त्री (०६४) हुँदा मोबाइल नभएको प्रसंग उप्काउँदै भने, “अहिले हातहातमा मोबाइल छ । रोल्प्मा सडक विस्तार र उर्जा विकासमा वृद्धि भएको छ ।” रोल्पा विकासोन्मुख हुँदै गएको महराको जिकिर थियो । महराले आफूले जिल्लाका ५१ वटै गाउँ पैदल हिडेको बताउँदै आफूले रोल्पा के चाहन्छ भन्ने कुरा बुझेको र त्यसतर्फ आफू अग्रसर भएको समेत बताए ।

“रोल्पा लुकेको जिल्ला हो । यहाँ जति पस्यो, उति रमाइलो छ । रोल्पाको उत्खनन पनि साहित्यकर्मीहरूबाट होओस् भन्ने मेरो चाह छ”, उनले अगाडि भने,” ‘यहा ध्वंस मात्रै छ भन्ने संदेश बाहिर नजाओस भन्ने कामना छ ।” कथा, कविता, गीत, फिल्म, नाटकमार्फत लुकेको रोल्पा बाहिर आउने कुरामा यस कार्यक्रमपश्चात् आफू विश्वस्त भएको उनले बताए ।

सुनिल स्मृति गाउँपालिकाको केन्द्र ‘सुलीचौर’ मा आयोजित यस कार्यक्रमको नियत भाले जुधाउने नभई रोल्पालाई केन्द्रमा राखेर राष्ट्रिय बहस गर्नु नै रहेको आयोजकको टिप्पणी थियो । कार्यक्रमको प्रक्रियामाथि समस्या आए पनि कार्यक्रमको नियतमाथि आक्रमण हुनु राम्रो नभएको आयोजकले जिकिर गरेको छ ।

रोल्पाको सुलिचौरमा ‘समाजका लागि शब्द’ भन्ने स्लोगोनका साथ् सुरु भएको साहित्य महोत्सव आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!