खबर ठुलो छ

हिपमत डटकम
इटहरी , मंसिर–१६ ।

मिस पुर्वान्चल २०१७ को फर्स्ट रनरअप बन्न सफल धरानकी सिम्रन श्रेष्ठले मिस लुमियर इन्टरनेसनल वर्ल्ड २०१९ मा नेपाललाई प्रतिनिधित्व गर्ने भएकी छन् । यो प्रतियोगितामा सहभागी जनाउने श्रेष्ठ पहिलो नेपाली सुन्दरी हुन् ।

३० वटा राष्ट्र सहभागि हुँदै आएको यो प्रतिष्पर्धामा पाँचवटा देश थपिएपछि नेपालले पनि यसमा सहभागी हुने मौका पाएको हो । तेस्रो मिस लुमियर इन्टरनेसनल वर्ल्ड २०१९ डिसेम्बर १ मा सिङ्गापुरमा हुँदैछ भने फाइनल डिसेम्बर ७ मा मलेसियामा हुनेछ ।

सानै देखि मोडलिङ्ग क्षेत्रमा रुचि भएकी श्रेष्ठले अध्ययन पुरा गरेर यसै क्षेत्रमा सक्रिय रहने उद्देश्य रहेको बताइन् । डिसेम्बर ७ तारिकमा मलेसियामा हुने फिनालेमा नेपालबाट श्रेष्ठ सहभागी हुन लागेकी हुन् । त्यसअघि १ डिसेम्बरदेखि सिंगापुरमा तालिम हुनेछ ।

श्रेष्ठले मिस पुर्वान्चल २०१७ मा फर्स्ट रनरअप संगै मिस पर्सनालिटी र मिस फोटोजेनिकको टाइटल पनि हात पारेकी थिइन् । यतिबेला सम्म उनले दर्जन बढी म्यूजिक भिडियोमा अभियन गरिसकेकी छन् भने कोरियोग्राफीमा पनि उनको रुचि छ । हाल उनी बीबीए अध्ययनरत् छिन् ।

सोमबार, मंसिर १६, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया