हिपमत डटकम

शुक्रबार, पौष २३, २०७८ || 590  पटक पढिएको

रौतहट। एउटै देशमा केन्द्र सरकारले जातीय बिभेदमा मुझिएका छन्। बिश्वकर्मा लोहार सेवा समितिले सप्तरी जिल्लाको खरचुहियामा आयोजना गरेको राष्ट्रिय सम्मेलन २०७८ को ५ औ सम्मेलनको पहिलो सत्र भव्यताका साथ सम्पन्न भएको हो।

बिश्वकर्मा ल‍ोहार सेवा समितिको पहिलो चरणको राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बिशिस्ट अतिथि कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, अतिथि पुर्व सांसद गोपाल ठाकुर,अतिथि गौर नगरपालिकाकी उप प्रमुख किरण ठाकुर,डा.श्री भगवान ठाकुर ,रामासंकर ठाकुर सहितका अतिथिहरुको उपस्थिति रहेको थियो।

पहिलो चरणको सम्पन्न भएको राष्ट्रिय सम्मेलनका अध्यक्षता केन्द्रीय अध्यक्ष तेज नारायण ठाकुरले गर्नु भएको थियो। एउटै देशमा एक जातिलाई राज्यले दुई नजरले देखि रहेको मुख्य मन्त्री राउतले बताए। राज्यले पहाडमा रहने लोहार जातिलाई दलित सरह सेवा सुबिधा दिने तर तराईका लोहार जातिलाई दलितमा नरहेको भन्दै सेवा सुबिधाबाट बन्चित गर्ने कार्य राज्यले गरिरहेका छन्। राज्यले आफु मनखुसी तराईका लोहार जातिलाई केही क्षणका लागि मात्रै दलितमा राख्ने गरेको र राज्यले गरि रहेको सौतेला ब्यवहार तुरुन्तै नसच्याए त्यसका बिरुद्ध कडा प्रतिकारमा उत्रिने लोहार जातिले त्यारी गरि रहेको राष्ट्रिय अध्यक्ष ठाकुरले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने बिश्वकर्मा मन्दिर निर्माण, बिश्वकर्मा पुजाका दिन सार्वजनिक बिदा यो कुनै ठुलो एजेन्डा होईन सब भन्दा पहिला राज्यले एउटै देशमा एउटै जात संग दुई थरीका ब्यवहार गर्ने एजेन्डालाई तुरुन्तै सच्याई तराईका पनि लोहार जातीलाई दलितमा राख्न केन्द्र सरकार संग माग गरेका छन्। त्यसतै प्रदेश नंबर २ मा आउने बिश्वकर्मा पुजाका दिन सार्वजनिक बिदा दिने घोषणा पनि गर्नु भएका छन्। रौतहटमा लाग्ने फर्चिचर मेलालाई एसिया मै प्रचलित मेलाको रुपमा चिनाउने प्रदेश सरकारलाई जे सहयोग गर्नु परेमा हामी त्यार रहने मुख्यमन्त्री राउतले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!