हिपमत डटकम

शुक्रबार, पौष २३, २०७८ || 412  पटक पढिएको

मधुमल्ला। मोरङको मिक्लाजुङ गाउँपपालिकामा प्रथम मधुमल्ला रन हुने भएको छ ।

युथफर मिक्लाजुङको आयोजनामा आगामी माघ १८ गते मंलबार प्रथम मधुमल्ला रन संचालन हुने अयोजकले (बिहिबार) मधुमल्ला होटलमा पत्रकार सम्मेलन गरि युथफर मिक्लाजुङका संयोजक देउमान तामाङले जानकारी गराउनु भयो ।

प्रथम मधुमल्ला रनको धावन मार्गको दुरी खुल्ला पुरुष तर्फ १० कि.मी. खुल्ला महिला, खुल्ला पुरुष ४० बर्ष माथी, मिक्लाजुङ भरीको लागिमात्र र १६ बर्ष मुनीका लागी ६ किलोमीटर धावन मार्ग तय गरीएको युथफर मिक्लाजुङका सह–संयोजक बिमल कुवंरले जानकारी दिनु भयो । रनामा प्रथम,द्धितिय र तृतिय स्थान हाँशिल गर्नेले क्रमश नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन ।

खेलकुदको माध्यमबाट मधुमल्लाको नमाको पहिचान साथै खेलाडीहरुलाई स्वाथ्य समेत स्वस्थ्य रहन सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!