हिपमत डटकम

सोमबार, पौष १९, २०७८ || 318  पटक पढिएको

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलयले पूर्वावश्यक पाठ्यक्रम परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले यहि पुष ५ गतेदेखि ११ गतेसम्म सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् वा मान्यताप्राप्त संस्थाबाट स्वास्थ्य विज्ञान विषयमा ३ वर्षे प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीहरुको पूर्वावश्यक पाठ्यक्रमको परीक्षा लिएको थियो ।

बोर्डले नतिजा सार्वजनिक गर्दै परीक्षामा उत्तीण भएका परीक्षार्थीहरुलाई नतिजा प्रकाशन भएको १० दिनपछि मात्रै शैक्षिक योग्यताका प्रमाणपत्रहरु उपलब्ध गराइने जनाएको छ । नतिजामा प्राप्त गरेको प्राप्ताङ्क चित्त नबुझेको सम्बन्धित परीक्षार्थीले पुनर्योगका लागि १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ ।

मौका परीक्षा माघ ३ गते

बोर्डले माघ ३ गते मौका परीक्षाको मिति तय गरेको छ । नियमित परीक्षार्थीको रुपमा सहभागी भई कुनै एउटा विषयमा मात्र अनुपस्थित वा अनुत्तीर्ण भएका परीक्षार्थीहरुले माघ तीन गते परीक्षा दिन पाउनेछन् ।

बोर्डका अनुसार मौका परीक्षामा सहभागी हुने विद्यार्थीको लागि ६ सय बोर्डको खातामा जम्मा हुने गरी बैंक भौचर सहित पुष मसान्तभित्र सम्बन्धित विद्यालयले बोर्डको कार्यलयमा आवेदन बुझाईसक्नुपर्नेछ ।

परीक्षा माघ तीन गते आदर्श मा.वि सानोठिमी, भक्तपुरमा दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!