केही दिनदेखि निरन्तर सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका प्रधानमन्त्री केपी शर्माओलीले फेरि सञ्चारमाध्यमहरुमा सरकार बनाउने र परिवर्तन गर्ने कुरा छापिन सुरु भएको बताएका छन् । निर्वाचन आयोग नेपालको चौथो निर्वाचन दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार बनाउने र सरकार परिवर्तन गर्ने सबै कुरा सञ्चर माध्यमहरुमा छ्यापछ्याप्ती आइरहेको बताए । जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल, षडयन्त्र र टिक्डमबाट फेर्ने कुरा दिनदिनै अखबारहरुमा छापिने गरेको उनको आरोप छ । ‘जनताको अभिमतबाट होइन् । जालझेल, षडयन्त्र र तिक्डमबाट सरकार फेर्ने दिनैपिच्छे अखबारहरुमा छापिए । अस्तिका दिन मैले हे¥या थे तीन दिन अगाडी जति, अब त अविश्वासको प्रस्ताव राख्न पाइन्छ भनेर खुसीयाली मनाइराख्या । अस्थिरता ल्याउन पाइन्छ भनेर खुसीयाली मनाइराख्या । अस्थिरता ल्याउने ढोका खुल्यो भनेर खुसीयाली मनाइराख्या । जनतमतको कुरा होइन जालझेलको, टिक्डमको बाटो हिँड्न पाइन्छ भनेर खुसीयाली मनाइराख्या’, ओलीले भने, ‘लोकतन्त्र जालझेल, टिक्डमको प्रणाली होइन् । लोकतन्त्र जनताको अभिमतको प्रकटीकरणको प्रणाली हो । जनताको अभिमत स्वच्छ ढंगले प्रकट हुने र त्यस अभिमतलाई अस्वीकार गर्ने लोकतान्त्रिक पद्धति हुँदैन । जनताको अभिमत स्वीकार गर्नुपर्छ अनि मात्रै लोकतन्त्र भन्ने हुन्छ ।’ प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवसका अवसरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गरेका छन् । केही मानिसहरुले भविष्यका कुरा नगर्न र जनताको मनोबल नउठाउ भनेर अर्ति उपदेश दिएको भन्दै प्रधानमन्त्री ओलीले पूर्वराजाको अभिव्यक्तिप्रति व्यंग्य गरे । उनले भने, ‘केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नि यसो सुनिन्छ । भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्दर भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगततिर हेर भन्या सुनिन्छ । यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचनको प्रकटीकरण हो ।’ पूर्वजहरुको गौरबलाई सधै सम्मान गर्ने उल्लेख गर्दै ओलीले पूर्वजहरुका पौरख र उपलब्धिहरुको सम्मान गर्ने बताए । ओलीले विगतका नकारात्मक कुराहरु पनि आफुले नबिर्सेको बताए । दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला दिनहरु पनि सम्झिरहेको उल्ेलख गर्दै उनले हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न आग्रह गरे । प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त अधिकारर्लाइ सुदृढ र विस्तृत गर्दै ती अधिकारहरुको सफलतापूर्वक कार्यान्वयनको काम सरकार अघि बढेको बताए । देशमा सुशासन र विकासको बाटोमा सरकार अघि बढेको र यहि बाटोबाट सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय आकाँक्षा सफलतापूर्वक अगाडी बढाउने ओलीले बताए । आयोगको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!