सोमबार, मंसिर १६, २०७६ || 2500  पटक पढिएको

हिपमत डटकम
इटहरी , मंसिर–१६ । छेतेन गुरुङ र सन्तोष सेनले क्याप्टेनसिप सम्हालेको यस वर्षको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ मा प्रमुख भूमिकामा रहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । जसमा उनलाई निकै भिन्न अवतारमा देख्न सकिन्छ । लामो कपाल र जुँगामा देखिएका उनलाई झट्ट चिन्न गाह्रो पार्छ । सिंहासनमा बसेका उनी राजाको भेषमा क्रोद्धित मुद्रामा देखिएका छन् ।

अभिनेता शिव श्रेष्ठको यो लुक्सले दर्शकमा चलचित्रप्रति झनै कौतुहलता बढाएको छ । यसमा उनी डेढ सय वर्ष अगाडिको राजाको भूमिकामा छन् । यस पिरियड ड्रामा चलचित्रमा उनले अभिनेता प्रदीप खड्का र नव-अभिनेता मनिष राउतको पिताको भूमिका निभाएका छन् । उनको लुक्स सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको काठमाडौं छायांकन सकिएको जानकारी गराएको छ ।

चलचित्रका निर्माता सन्तोष सेनले अब फिल्मको आउटडोर छायांकनका लागि मनाङ प्रस्थान गरेको बताए । महिनौं लगाएर निर्माण टिमले चलचित्रको इनडोर छायांकनका लागि कीर्तिपूरमा भव्य सेट निर्माण गरेको थियो । जहाँ चलचित्रको आधाभन्दा बढी छायांकन गरिएको छ । मनाङमा चलचित्रको महत्त्वपूर्ण सिन खिचिने निर्माता सेनले बताए । जसका लागि मुस्ताङबाट घोडा मगाइएको छ ।

यस चलचित्रमा प्रदीपको अपोजिटमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ छिन् । चलचित्रमा प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । चलचित्रमा हिमाल केसीको एक्सन छ । यो चलचित्र चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!