“राई इज किङ्” अर्थात् गायक राजेश पायल राईले डा. महाविर पुनद्वारा स्थापित राष्ट्रिय अविष्कार केन्द्रको सहयोगको लागि पोर्चुगलमा एक सांगीतिक कन्सर्ट गरेका छन् । नेपाली समाज साओ -तोतोनियो, अलेन्तेजोद्वारा आयोजित सो कार्यक्रममम त्यस क्षेत्रमा रहेका नेपालीहरुले गायक राईको सांगीतिक कन्सर्टमा भरपुर मनोरन्जन लिए । समाजले कार्यक्रमाभएको खर्च काटेर बाँकी सम्पूर्ण रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्ने जनाएको छ ।

उक्त सांगीतिक कार्यक्रममा ७५० वटा टिकट बिक्री भएको र पाहुना र भोलेन्टियर सहित करिब एक हजार व्यक्तिहरुले गायक राईको संगीतको आनन्द लिएको आयोजक जनाएको छन् । सयौ नेपाली चलचित्रका गीत गाइसकेका राईका दर्शन नमस्ते (भाग ४ सम्म) राई इज किङ, जदौं (भाग ३ सम्म), स्यामुनालगायतका गीति एल्बम रेकर्ड भएका छन् । उनले जापानिज र भोजपुरी गीत पनि गाएका छन् ।

देशमा मात्र नभै उनी विश्वभर नेपाली समुदायबीच स्टेज प्रस्तुति तथा साँस्कृतिक कार्यक्रममा व्यस्त भइरहने कलाकार हुन् । दुई दर्जन बढी राष्ट्रिय पुरष्कारहरुबाट पुरष्कृत राई १९९२ देखि निरन्तर सङ्गीत क्षेत्रमा लागिपरेका छन् । गायक राईले यसघि पोर्चुगलको राजधानी लिस्बनको प्रसिद्ध टाईम आउट स्टुडियोमा ९ फेब्रुवरीमा भब्य कन्सर्ट गरका थिए । पोर्चुगलको कार्यक्रम सकेर गायक राई सांगीतिक यात्राको लागि बेलायत प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!