रंगेली। माेरङकाे रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएकाे ९ महिना बितिसक्दा समेत मर्मत हुन सकेको छैन ।

नगरपालीका ले नगरकाे सुरक्षाको लागि सिसि क्यामरा जडान गरेर बेला बेलामा क्यामरा मर्मत नगर्दा पुर्ण रुपमा सिसि क्यामरा बिग्रिए पछि शान्ति सुरक्षामा थप समस्या पर्ने थालेको छ । नगरले सुरक्षाको लागि नगर परिसर भित्र कालीमन्दिर अगाडी, भाेटुवावु चाेक रंगेली बसपार्कमा र डाईनिया जाने बाटो काे माेरिया पुल र भन्सार छेउमा जडान गरेको सिसि क्यामेरा सन्चालनमा ल्याएको थियो ।

नगरकाे फितलो व्यवस्थापन का कारण समयमै क्यामरा मर्मत सम्भार नहुदा नगर भित्र आसपासमा अपराध नियन्त्रण , दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने थप समस्या परेको प्रहरीले जनाएको छ । नगरले अपराधिक गतिविधि नियन्त्रणका लागि सिसि क्यामरा जडान गरेकाे भएता पनि त्यसको समयमै मर्मत सम्भार नहुदा काग लाई बेल पाक्याे हर्सन बिस्मत भएको छ।

ईलाका प्रहरी कर्यालयल रंगेली लाई निगरानी का लागि मुनिटर सहित जिम्मेवारी दिएता पनि सिसि क्यामरा बिगत ९ महिना देखि बिग्रेका कारण उपकरण नै बिग्रिने अवस्थामा पुगेकाे छ । हुलाकी सडक निर्माणकार्य गर्ने का लागि बिधुत पाेल ठाउँ सार्ने कार्य भएको सात महिना बितिसक्दा समेत सिसि क्यामरा भने सन्चालनमा आउन सकेको छैन । नगरकाे सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सिसि क्यामरा काे सदुपयोग नहुदा अपराध गतिविधि समेत बड्ने सम्भावना समेत बढदै गएको छ ।

ईलाका प्रहरी कार्यालय रंगेली को संचार शाखामा हार्ड डिक्स र मनिटर जडान गरेेेर संचार शाखाबाट मनिटर गर्ने व्यवास्था मिलाईएको भएता पनि क्यामरा सन्चालनमा नआउदा बेकामे समेत बनेकाे छ । ६ महिना अगाडि नगरपालिका मा सुचान अधिकृत सन्जय गुप्ताका अनुसार अब काे केही दिन पछि सिसि क्यामरा सन्चालनमा ल्याउने भनिएता पनि ६ महिना बितिसक्दा समेत क्यामरा सन्चालनमा आउन सकेको छैन । साेहि बिषयम समचार तयार पार्नका लागि सुचना अधिकृत गुप्तालाई बारम्बार फाेन सम्पर्क गर्दे उनकाे फाेन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!