हिपमत डटकम

मंगलबार, पौष १३, २०७८ || 564  पटक पढिएको

विराटनगर : प्रदेश नम्बर एकका पूर्व-मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा चड्दै आएको सरकारी गाडी अझै फिर्ता गरेका छैनन् । आफु मुख्यमन्त्री पद बाट पदमुक्त भएको चार महिना बितिसक्दा पनि राईले सरकारी सुविधा लिरहेका छन् उनले आफु सवार हुने गाडी फिर्ता गरेका छैनन् ।

राईले २०७८ भदौ १० गते पदबाट राजीनामा दिएपछि प्रदेशमा दुइ जना नयाँ मुख्यमन्त्री नियुक्त भैसके तर पनि उनले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छैनन्।

राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको नाममा रहेको को १ झ ५६५ नम्बरको टेरान गाडी प्रयोग गर्दै गरिरहेका छन्।
राई मुख्यमन्त्री रहेको बेला उक्त गाडी उनकी श्रीमती ज्याङ्मु इन शेर्पाले प्रयोग गर्दै आएकी थिइन्। तर, मुख्यमन्त्रीबाट पदमुक्त भएपछि पनि राईले उक्त गाडी गैरकानुनी रुपमा प्रयोग गरिरहेका छन्।

आर्थिक मामिला मन्त्रालयले राईले चढिरहेको उक्त गाडी ८० लाख हाराहारी बजेट खर्चेर तीन वर्षअगाडि खरिद गरेको उक्त गाडी सुरुमा तत्कालीन मुख्यमन्त्री राईका जनसम्पर्क सल्लाहकार रहेका रामकुमार बस्नेतका लागि भन्दै मुख्यमन्त्री कार्यालयमा लगिएको थियो। तर, मुख्यमन्त्री कार्यालयमा लैजाना साथ मुख्यमन्त्री राईकी श्रीमती शेर्पाले गाडी प्रयोग गर्न थालेकी थिइन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको स्टोर शाखा प्रमुख फणिन्द्र अधिकारीले गाडी मन्त्रालयमा फिर्ता गर्न मुख्यमन्त्री कार्यालयमा पत्राचार गरे पनि अझैसम्म फिर्ता नभएको जानकारी दिए।

राई चढ्दै आएको उक्त गाडी यसअघि उनले काठमाडौंमा स्थापना गरेको मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखिएको थियो। उक्त गाडी चलाउनका लागि सो कार्यालयमा जिन्दल राईलाई चालक नियुक्त गरेकोमा अहिले पनि उनैले सो गाडी चलाइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!