हिपमत डटकम

मंगलबार, पौष १३, २०७८ || 711  पटक पढिएको

अल नेपाल यूवा क्लबको आयोजनामा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ १७ गते देखी १९ गते सम्म सञ्चालन हुनेछ । खेल गोकर्णेश्वर वडा नं. ९ आरुवारी, गैरीगाउँमा हुनेछ ।

प्रतियोगितामा भाग लिन माघ १७ गते बिहान १० बजे सम्ममा टिम दर्ता गर्नु पर्ने आयोजकले बताएका छन् । टिम दर्ताका लागि ६ हजार शुल्क तोकिएको छ ।

यसैगरी, खेल अन्तराष्ट्रिय भलिबल एफआईभीबी को नियम अनुसार टी.टी. सिस्टममा खेलाईनेछ भनें खेलाडी टिम कोच सहित एक टिममा १० जना सहभागी हुनु पर्नेछ ।
यसैगरी प्रतियोगिताको खेलाडीले सम्बन्धित प्रदेश जिल्ला नगर र क्लबको आफ्नो परिचय खुल्ने कागज र नागरिकताको फोटोकपी अनिवार्य लिएर उपस्थित हुनु पर्ने तथा खेलाडीले जसि अनिवार्य लगाउनु पर्ने लगायतका नियमहरु रहेका छन् ।

प्रतियोगिताको विजयी टिमले प्रथम पुरस्कार नगद १ लाख सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् । यसैगरी द्वितिय हुनेले पुरस्कार नगद रु.५० हजार सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् भनें तृतिय हुनेले नगद रु २५ हजार सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगितामा अनुशासित खेलाडी, उत्कष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टरले ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । क्वाटर फाइनलदेखि म्यान अफ दि म्याच ट्रफिको समेत व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!