हिपमत डटकम

आइतबार, पौष ११, २०७८ || 435  पटक पढिएको

काठमाडौंको नागढुंगाबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ।

आइतबार बिहान पौने ४ बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा चेक पोइन्टबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ। विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ ख ४६८० नम्बरको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गरेको थियो। त्यसमा सवार पर्सा पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय सुनिल साहलाई प्रहरीले पक्राउ गरेको हो।

उनले बोकेको झोलाबाट लागु औषध बरामद भएको प्रहरीले जनाएको छ। ५०० एम्पुल डाइजापाम, ५०० एम्पुल नुफिन, ५०० एम्पुल फेनरागन र ९०० ट्याब्लेट नाइट्राभेट बरामद गरेको वृत्तले जनाएको छ।

प्रहरीले पक्राउ परेका साहमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!