बुधबार, फाल्गुण ०७, २०७६ || 651  पटक पढिएको

इङ्लिस महारथी लिभरपुलाई युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडको नमिठो झट्का लागेको छ । मंगलबार राति भएको खेलमा लिभरपुल एथ्लेटिकोसँग १–० गोलले पराजित भयो ।

प्रिमियर लिग फुटबलको उपाधि नजिक रहेको लिभरपुलको पछिल्लो १५औँ खेलमा यो दोस्रो हार हो । लिभरपुल यसअघि कारबाओ कपमा एस्टन भिल्लासँग ५–० गोलले पराजित भएको थियो । तर त्यस खेलमा लिभरपुलले दोस्रो रोजाईका खेलाडी उतारेको थियो ।

घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन साउल निग्वेजले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलमा साउलले खेलको चौथो मिनेटमै गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । पाहुना टोली लिभरपुल सम्हालिन नपाउँदै साउलले कप्तान कोकीको पासमा साउलले उत्कृष्ट गोल गरेका थिए ।

खेलको सुरुमै गोल खाएको लिभरपुलले अन्तिमसम्म बल पोसेसनमा पकड जमाएप्नि गोल फर्काउन सकेन । लिभरपुलका लगातार प्रयासलाई एथ्लेटिकोको रक्षापंक्तिले विफल पारिदिएको थियो । अब लिभरपुललाई अगाडी बढ्न दोस्रो लेगमा कम्तीमा २–० गोलको जित निकाल्नु पर्ने हुन्छ । एथ्लेटिकोलाई बराबरी गरे प्रयाप्त हुनेछ । दुई यी टोलीबीचको दोस्रो लेग लिभरपुलको मैदानमा मार्च ११ तारिख हुनेछ । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!