विराटनगर । बुधबार भारत विहारको बेगुसराय स्थित बालिका गृहबाट २ जना बालिकालाई सकुशल उद्धार गरिएको छ । केराबारी गाउँपालिका र जहदा गाउँपालिकाका ती दुबै बालिकालाई हाल जिल्ला प्रशासन कार्यालय मोरङको जिम्मा लगाइएको हो ।

दुबै बालिका चार महिना अगाडी घरायसी कारणले गर्दा घरबाट बाहिरिएका थिए । उनीहरुलाई भारत बिहारको बेगुसोराई स्थित बालिका गृह बाट सकुशल द्धार गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले हिपमत डटकमलाई जानकारी दिनु भयो ।

तिम्सिनाका अनुसार समाजिक अभियन्ता सरोज राय र उनका टिमहरुले ती बालिकाहरु बेगुसराई स्थित बालिकागृहमा रहेको खबर पाएका थिए । उनीहरुले सो कुराको जानकारी जिल्ला प्रशासन कार्यालय मोरङमा गराई उद्धारको लागि पहल गरेको थियो । उहाँहरुले पाएको सुचनाको आधारमा ती दुबै बालिकालाई सकुशल उद्धार गरिएको तिम्सिनाले बताउनु भयो ।

केराबारी गाउँपालिकाकी १७ वर्षीय बालिकाकी बुवा धेरै कराउने भएकोले उनी घर छोडेर गएकी थिईन् । उनी यस अघि पनि घर छोडेर भारत गएकी र त्यसबेला माइती नेपालले उद्धार गरेर नेपाल ल्याएको अनुसन्धानबाट खुलेको छ । उनकी आमा पहिला नै अर्कौ विहे गरेर गएकी, जेठी दिदीको पनि विवाह भई सकेको छ । हाल उनको परिवारमा तीन छोरी, एक छोरा र बुवा सहित पाँजनाको परिवार रहेको उनका बुवाले बताए ।

यसैगरी जहदा गाउँपालिकाकी १४ वर्षीय बालिकालाई विहार प्रहरीले बालिका गृहमा पठाएको थियो । उनका आमा बुवा बीच सधै झैझगडा हुने भएको हुँदा आमाले छोरीलाई लिएर दिल्ली गईन । त्यहाँ अर्कै पुरुष संग विवाह गरेर उनलाई नै बुवा भन्न करकाप मारपिट समेत गरिन । उनी आफ्नै आमाको जोरजबरदस्ती सहन नसकेर त्यहाँबाट भागेर विहार स्थित आफ्नो मामा घर पुगिन तर, त्यहाँ पनि उनले नराम्रो व्यवहार पाए । मामा घरमा समेत आसरा नपाएर उनी विहार प्रहरीको शरणमा गएर आफुलाई नेपाल बुवाको घरमा पठाई दिन आग्रह गरिन् । विहार प्रहरीले उनलाई बालिका गृहमा पठाएको उनले बताईन ।

समाजसेवी राय सहितका टिमले सो खबर पाएपछि जिल्ला प्रशासन कार्यालयको सहयोगमा आवश्यक कागजात तथा प्रकृया पुर्याई उनीहरुका बुवालाई लिएर बेगुसराई स्थित बालिका गृहबाट ती दुई बालिकालाई जिल्ला प्रशासन कार्यालयको जिम्मामा लगाएको समाजसेवी राकेश रोशन यादवले हिपमत डटकमलाई बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!