अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आईईसी) ले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका छन् । उनले आफूले जित हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा ‘समावेशी सरकार’ गठन गर्ने बताएका छन् ।

आइईसीले घोषणा गरेको अन्तिम नतिजामा वर्तमान राष्ट्रपति अशरफ घानीले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको उल्लेख छ । कूल खसेको मतको ५०.६ प्रतिशत मत घानीले प्राप्त गर्नुभएको टोलो समाचार समितिले जनाएको छ । अब्दुल्ला अब्दुल्लाले भने ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय ‘अवैधानिक’ रहेको र त्यो स्वीकार्य नरहेको बताए । उनले चुनावी नतिजा प्रजातन्त्रको बिरूद्धको कदम हो र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताए ।

‘यो राष्ट्रद्रोह हो,’ अब्दुल्लाहले भने । उनले स्वतन्त्र र स्वच्छ मतदानमा आफूहरु विजयी रहेको दाबी गर्दै भने, ‘हामी हाम्रो ‘जीत’ घोषणा गर्छौं । उनले आफूहरुले समावेशी सरकार गठनको घोषणा गर्ने बताए । गत वर्ष सेप्टेम्बरको चुनावमा तालिबानले यस प्रक्रियालाई अवरुद्ध पार्ने धम्कीका बीचमा सम्पन्न भएको थियो । तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!