सिरहाको गोलबजार नगरपालिका–६ डोहटियामा छुरा प्रहारबाट एकजनाको हत्या र एक जनालाई घाइते बनाएको घटनाको दाेषिलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै स्थानीयले अन्दोलित भएका छन् । डोहटिया टोलका बासिन्दा गोलबजार आएर पूर्व–पश्चिम राजमार्ग अबरूद्ध पारेका हुन् ।
उनीहरु गोलबजार नगरपालिकाे कार्यालय अगाडी र राजमार्गको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरु बजारसमेत बन्द गराउँदै हिँडेका छन् । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तीसहितको माग राखेर उनीहरु आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका हुन् ।
शनिवार राति घर जाने क्रममा गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि अपरिचित यूवाहरुको समूहले छुरा प्रहार गरेका थिए । छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको हो ।
घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । उनको अबस्था पनि गम्भीर छ ,घटनामा संलग्नको पहिचान हुन नसकेको र अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताएका छन् ।