मंगलबार, फाल्गुण ०६, २०७६ || 1120  पटक पढिएको

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्री मनाउने तयारी तीब्र पारिएको छ । भारतबाट शिवरात्री मनाउनका लागि पशुपति क्षेत्रमा बाबाहरु आउने क्रम पनि सुरु भएको छ ।

महाशिवरात्री आउन २ दिन मात्रै बाँकी हुँदा पशुपतिनाथ परिसरमा चलहलपहल सुरु भएको छ । प्रत्येक बर्ष मनाईने शिवरात्रीको तयारीमा पशुपति क्षेत्र विकास कोषले यस बर्ष पनि शिवरात्री पूजा मूल आयोजक समिति गठन गरी शिवरात्रीका लागि तयारी सुरु गरेको छ । पशुपति नाथको दर्शनका लागि आउने धर्मावलम्बी तथा पर्यटकलाई असुविधा नहोस् भन्नको लागि समिति, उपसमिति बनाएर तिब्र रुपमा काम गरिरहेको कोषले जनाएको छ ।

समितिले सुरक्षा, स्वास्थ्य, भोजन, आवास लगायतका निस्शुल्क जुत्ता चप्पल कक्ष, स्वास्थ्य शिविरका विषयमा तिब्र रुपमा काम गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भगवान शिवको आराधनाको लागि विशेष मानिने सो पर्वको लागि नेपालका विभिन्न ठाउँ सहित भारतबाट समेत धेरै साधकहरु पशुपतिमा आउनेक्रम जारी छ । हरेक वर्ष शिवरात्रिको लागि हजारौं साधुहरु पशुपति आउने गर्दछन् ।

साधुलाई पर्व समापनपछि दक्षिणासहित बिदाइको समेत व्यवस्था छ । गुठी संस्थानले ५० लाख रुपियाँको हाराहारीमा पर्व मनाउँदैछ भने साधुलाई त्रिदिवसीय रूपमा मालपुवा, खिचडी, दही, फलफूल तथा नगद दक्षिणासहित बिदाइ गर्नेछ । कालमोचन घाटका साधुसन्तले परम्पराअनुसार साधुको स्वागत तथा बिदाइ कालमोचन घाटबाटै गरिने प्रचलनलाई यथावत राख्न अनुरोध गरेका छन् । वि.सं १९०३ को कोतपर्वमा मारिएका भाइभारदार गाडिएको स्थानमा साधुको पाउ परोस् भनेर कालमोचनमा साधु आउने र बिदाइ गर्ने प्रचलन रहेको छ ।

पशुपति गुठी गोश्वारा कार्यालयले अगावै आएका साधुलाई भागवतानन्द आश्रम, अन्नपूर्ण आश्रम र रणोद्दीपसिंहको नित्य श्राद्ध भान्सामा भोजन व्यवस्था गरेको छ । गोश्वाराले साधुसन्तलाई कुनै असजिलो नहोस् भनेर साधु रहेका स्थानमा अनुगमन व्यवस्था पनि मिलाएको छ ।

रेग्मीका अनुसार धुनीका लागि ४५ हजार किलो दाउरा ल्याइएको छ । पशुपति र कालमोचन घाटमा साधुको आवागमन चहलपहल बढेपछि यहाँ साधुको क्रियाकलाप अवलोकन गर्न रमितेको भीडभाड हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयले यो क्षेत्रमा पर्व अवधिभर मासु र मदिरा बिक्री र सञ्चय गर्न निषेध गरेको सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!