लेटाङ । आर्थिक शसक्तिकरण , पुर्नएकिकरण, मनोपरामर्श सेवा र प्रभावितको सहयोगका लागि बजेट विनियोजन गर्न स्थानिय तहसंगको छलफल कार्यक्रम लेटाङमा सम्पन्न भएको छ ।
ओरेक नेपालको आयोजनामा भएको कार्यक्रममा लेटाङ महिला फेडेरेशनको सहकार्य र लेटाङ नगरपालिकाको समन्यवयमा उक्त छलफल भएको हो ।
महिला विरुद्धको हिंसा अन्त्यका लागि काम गरिरहेको ओरेक नेपालले लेटाङ नगरपालिका संग छलफल गरेको हो । छलफलमा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला , उपसचिव कृष्णराज राई तथा ओरेक वाट सरु दनुवार, भिमा ढकाल , सारदा राई साथै लेटाङ महिला फेडेरेशनवाट कमला तामाङ र ईन्दु चौधरीको सहभागिता रहेको थियो ।