नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २११ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार १८ जनाको पिसिआर परीक्षण र १४३३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ६ हजार १०५ जना सक्रिय संक्रमित छन्। ३२९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ। काठमाडौं उपत्यकामा १०० संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४, ललितपुरमा २८ र भक्तपुरमा ८ संक्रमित छन्।