नेपाली काँग्रेसका सभापतिका मुख्य दाबेदार मध्येका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कुनै हालतमा उम्मेदवारीबाट ब्याक नहुने प्रष्ट पारेका छन् । उनले काँग्रेस संस्थापनइतरको बैठक र नेताहरुसँगको अलग्गै भेटमा यसबारे प्रष्ट पारेको बुझिएको छ ।

सिंहले १३औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाएको र महामन्त्री समेत डा. सशांक कोइरालाका लागि छाडेको स्मरण गराउँदै यसपटक आफूलाई छाड्न भनेका थिए । पौडेलको भनाई उदृत गर्दै विश्वस्त स्रोतले भन्यो,‘म यसपाली कुनै हालतमा ब्याक हुन्न, बरु पावर सेयरिङ गरौं ।’

सिंहले सभापतिका अर्का दाबेदार डा. शेखर कोइरालासँग पनि पावर सेयरिङको कुरा गरेका थिए । बरु प्रधानमन्त्री पद छाड्ने तर पार्टी सभापति नछाड्ने सिंहको अडान थियो । उनको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘बरु प्रधानमन्त्री छाड्छु पार्टी सभापतिको प्रतिष्पर्धाबाट ब्याक हुन्न ।’

यसअघि केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि सिंहले भविष्यमा प्रधानमन्त्री बन्न साथ दिने भन्दै सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए । तर, सिंहले प्रधानमन्त्री पद कोइरालालाई नै दिन तयार भएको जवाफ दिएका थिए ।

सिंहले आफूलाई वर्तमान सरकारमा पनि सभापति शेरबहादुर देउवाबाट उपप्रधानमन्त्रीसहित मागेको मन्त्रालयको प्रस्ताव आउँदा अस्वीकार गरेको सुनाएको बुझिएको छ । उनले सरकारमा जानेभन्दा पार्टी नेतृत्वमा पुगेर काँग्रेसलाई बलियो र सशक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएका थिए ।-File Photo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!