हिपमत डटकम

बुधबार, मंसिर २२, २०७८ || 546  पटक पढिएको

चन्द्रमाको सतहमा पुगेर खोज गरिरहेको चिनियाँ रोबोटले एक रहस्यमयी वस्तु भेटेको छ, जसलाई एलियनको झुपडी (Alien Hut) भनेर विश्वव्यापीरूपमा चर्चा भइरहेको छ ।

उक्त रहस्यमयी आकृति कैद गर्ने रोबोटको नाम युतु– २ हो । चिनियाँ वैज्ञानिकहरू रोबोटलाई उक्त आकृति भएकोतर्फ लैजान डराइरहेका छन् ।

चाइना नेसनल स्पेस एड्मिनिस्ट्रेसन (CNSA) का अनुसार युतु– २ चन्द्रमाको सतहमा उत्तरतर्फ अगाडि बढिरहेको थियो । सोही समयमा केही पर उसले रहस्यमयी आकृति कैद गर्न सफल भयो ।

एलियनको झुपडी भनिएको उक्त रहस्यमयी आकृति र रोबोटको दूरी करीब २ सय ६० फिट रहेको बताइएको छ ।

नजिक जाँदा रोबोटमा कुनै क्षति हुनसक्ने आकलनसहित उसलाई त्यहाँबाट अगाडि बढाउन वैज्ञानिकहरू हिच्किचाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!