पर्शुराम निरौला

आइतबार, मंसिर १९, २०७८ || 388  पटक पढिएको

लेटाङ। लेटाङ नगरपालिकामा यहि ४ गते देखि फोटो सहितको मतदाता नामावली संकलन सुरु हुने भएको छ ।

आज नगरप्रमुख शंकर राईको अध्यक्षतामा बसेको राजनीतिक दल सहितको बैठकले वडागत रुपमा १२ दिन सम्म नामावली संकलन कार्य गरिने नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो ।

आधारभुत स्वास्थ्य केन्द्र लेटाङ ४ को भवनमा फोटो सहितको नामावली संकलन गरिनेभएको हो । ४ गते लेटाङ नगरपालिका वडा नं. २ को नामावली संकलन हुनेछ भने ५ गते ३ नम्बरको ६ गते ४ नं. को ७ गते ५ नंम्बरको ८ गते ६ नं. को ९ गते १ नं. वडाको , १० गते ७ नं. वडाको ११ गते ८ नं. वडाको र १२ गते ९ नं. वडाको मतदाता नामावली संकलन गरिने जनाईएको छ ।

१३ गते छुट भएका १ देखि वडा नं. ५ का सबै १५ र १६ गते ६ देखि ९ नं. वडाका छुट भएका र १७ र १८ गते नगरपालिका भरीका छुट भएकाहरुको नामावली संकलन गर्ने मिति तय भएको नगर प्रमुख राईले जानकारी दिनुभयो ।

१६ बर्ष उमेर पुगेका नेपाली नागरिकहरुले फोटो सहितको नामावली संकलन कार्यमा सहभागि हुन पाउनेछन भने उनिहरु संग अनिवार्य नागरिकता हुन जरुरी हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!