राजिव शाह

आइतबार, मंसिर १९, २०७८ || 407  पटक पढिएको

सर्लाही। सर्लाहीको गोडैता नगरपालिकाले आज महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा महिला स्वस्थ्य , स्वयंसेविकालाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको छ ।

आइतबार गोडैता नगरपालिका जनता मावि भगवतीपुर स्थित गोडैता नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगर भित्रका ९१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डितले जानकारी दिए । गोडैता नगरपालिका प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक सुरक्षा शाखा प्रमुख भोला महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

दिवसको अवसरमा नगर प्रमुख यादवले जिल्ला स्थित ४ जना पत्रकारलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले आउने समयमा आफु नयाँ नेतृत्वमा सबै महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल र दुई हजारका दरले भाता वितरण गर्ने प्रतिबद्धता गरे ।

स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेको योगदान र उनीहरूको सम्मानमा यो दिवस धेरै महत्त्वपूर्ण भएको नगर प्रमुख यादवले प्रष्ट पारे । सामाजिक सुरक्षा महाशाखाका अनुसार हाल देशभर ५१ हजार ४ सय २३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।
उनीहरूले पाउने वार्षिक भत्ता, पोशाक खर्चहरूरु समेत उपलब्ध गराउदै आएको स्वास्थ्य प्रमुख पन्डितले बताए । कार्यक्रममा गोडैता नगरपालिका भित्रका स्वास्थ्य कार्यालय प्रमुख वडा अध्यक्ष लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!