जुगेश दास

आइतबार, मंसिर १९, २०७८ || 1128  पटक पढिएको

सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको गुप्ता आयल निगमबाट इन्धन तस्करी हुने क्रम अझै रोकिएको छैन । वर्षौँदेखि तस्करी नरोकिएको विषयलाई लिएर सर्वत्र आलोचना हुँदासमेत स्थानीय प्रशासन मुकदर्शक बनिदिँदा तेल तस्करी हुने क्रम बढेको हो । अझ सुरक्षाकर्मीहरूकै संलग्नतामा तेल तस्कर हुने गरेको स्थानीयको आरोप छ । नेपालमा भन्दा भारत इन्धन महँगो भएका कारण देवानगन्ज क्षेत्रमा तस्करहरुको बिगबिगी दिनप्रतिदिन बढ्दै गएको छ ।

रातिको समयमा प्रहरीसँग नै समन्वय गर्दै तस्करहरुले डिजल भारत पुर्याउने गरेको स्थानीयहरुको आरोप छ । तस्करहरुले राती र दिउँसोको समयमा डिजल भारततर्फ मोटरसाइकलमा लोड गरी लैजाँदा समेत प्रहरी प्रशासन मौन बस्दै आएको देवानगंजबासीहरु बताउँछन् । दिनप्रतिदिन तेल तस्करी हुने क्रम बढेपछि स्थानीय किसानहरु मर्कामा परेका छन् ।

उनीहरुले विगत एक सातादेखि तेलका लागि गिलेन बोकेर बिहानदेखि लाइनमा बस्नुपर्ने बाध्यता छ । ‘हामीलाई बिहान १० बजेदेखि ११ बजेसम्म मात्र तेल दिइन्छ । एक साता भयो लाइन लागेर बस्नु परेको छ’, स्थानीय सुवोध मेहताले भने, ‘पटकपटक स्थानीय सरकार भएठाउँमा बिन्ती गर्दा पनि सुनुवाइ भएन ।’

देवानगन्ज वडा नं–१ का शिवजी यादवले तेल तस्करका कारण किसानहरु मर्कामा परेको जानकारी दिए । रातारात स्थानीय दुई पेट्रोल पम्पबाट तस्कर हुने गरेको बताउँदै उनले भने, ‘किसानहरुलाई सिचाइँका लागि तेल लिन समस्या भएको छ ।

धेरै गुनासो आउँदै छन् । सुरक्षा निकायले अलि बढी चासो दिनुपर्ने देखिएको छ ।’ स्रोतका अनुसार तेल तस्करीमा प्रहरीकै मिलोमतो हुन्छ । प्रहरीले उनीहरुसँग मासिक रुपमा भत्ता उठाउने गरेका कारण यो विषयमा उनीहरु मौन रहेको स्रोतको दाबी छ । यस विषयमा निरन्तर रुपमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा ध्यानाकर्षण गराउँदासम्म समस्याको समाधान नभएको स्थानीय किसानको गुनासो छ ।

तस्करहरूलाई प्रतीलिटरमा रू तीन÷ चार रूपैयाँ बढाएर बेच्ने गरेको स्रोतको दाबी छ । यता देवानगञ्ज गाउँपालिका वडा न–१ का किसान सँकर दासले आफू बिहानै ५ बजे देखिनै ट्रयाकटर लिएर लाईनमा बस्दा पनि तेल पाउँदिन । वहाँर्ले दुःख पोख्दै हाम्रो पालो आउदै पेट्रोल पम्पमा तेल सकिन्छ । बाध्यता हामी २ दिन देखि फर्केर जानुपर्ने बताए ।
इन्धन प्रायः बेलुकाको समयमा आएपछि किसानहरू राति जाँदा पेट्रोल पम्प बन्द गर्दा आफुहरु फर्केर घर जानु पर्ने बाध्यता रहेपनि राति १० बजेपछि तस्करहरुले मोटरसाईकलको झुण्ड बनाई रातिको समयमा पेट्रोल डिजेल भारततर्फ लगेपनि कसैले पनि वास्ता नगरेको उनको कथन छ ।
अहिले किसानहरूको खेतमा काउली , खुर्सानी , मकै ,भण्टा , केराउ को समयमा हामीले समयमै पानी पटाउनुपर्छ तर हामी तेल लिन जाँदा तेल दिदैन । तेल लिन जादा जनप्रतिनिधिहरूलाई गुहार्नु पर्छ देवानगञ्ज–१ को किसान मनोज मेहताले बताए ।
देवानगञ्ज मा दुई वटा पेट्रोल पम्प छ भगत आयल निगम र गुप्ता आयल निगम तर ती पेट्रोल पम्मबालाहरूले प्राय तस्कहरूलाई मात्र तेल दिने गरिन्छ । किसान जाँदा तेल सकिएको छ भनेर फर्काई दिने गरेको मेहताले बताए ।

यता पेट्रोल पम्पका संचालकहरुले कसैलाई भेदभाव नगरी तेल उपलब्ध गराएको दावी गरेका छन् । आफुहरुले पेट्रोल पम्पमा आउने सबैलाई तेल उपलब्ध गराउँदै आएको र कुनै पनि किसानहरुलाई नफर्काएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!