चर्चीत लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ सार्वजनिक भएको केहि समयमा नै राजनीतिक दवावका कारण हटाउनु परेको थियो । अहिले उनले उक्त गीतको भाग २सार्वजनिक गरेका छन् । ”जता नि चोर” बोलको गीतमा कुव्यवस्थाको खुलेर बिरोध गरिएको छ ।
गीतमा स्वर शब्द संगीत गाएक पशुपति शर्माको रहेको छ । केशव बडूले संगीत संयोजन गरे को गीत लाई दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको छ । जता नी चोर बोलको गीतमा गायक पशुपति शर्मा, घनश्याम रिजाल, युवराज भण्डारी, शंकर पन्तलगायतको अभिनय रहेको छ।