खबर ठुलो छ

मोरङको पथरीशनिश्चरे नगरपालिका २ देविगञ्जस्थित चिनारी अङग्रेजी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । सो अवसरमा स्कुलले सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान गरी आफ्नो १० औ अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा स्कुलमा अध्ययनरत विध्यार्थीहरुले गीत, नृत्य, प्रहसन प्रदर्शन, कविता वाचन गरेर अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए । स्कुलका सन्चालक सोमनाथ नेपालको सभापतित्वामा भएको कार्यक्रममा एनप्याब्सन प्रदेश १ का अध्यक्ष जयबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

यस्तै विशिष्ट अतिथिमा वडा नं २ का वडाध्यक्ष यामप्रसाद गुरागाइ रहेका थिए भने विद्यालयकी शिक्षिका कमला तिम्सिनाले स्वागत मन्तब्य राखेकी थिइन् । अभिभावक दिवसको अवसरमा फुटबल, टेबल टेनिस, विभिन्न दौड, म्युजिकल चेयर्स लगायतको खेलकुदको आयोजना गरिएको थियो ।

कार्यक्रममा खेलकुदको विजेता, उपविजेता, कक्षा उतिर्ण हुदाको उत्कट विध्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले हरेक वर्ष यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै लोकप्रियता हासिल गरिरहेको छ । कार्यक्रमका अतिथिहरुलाईै विद्यालयका निर्देशक बिरेन्द्र कुमार साम्बाले मायाको चिनो प्रदान गरेका थिए ।

सोमबार, फाल्गुण ०५, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया