आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत चलचित्रमध्ये एक ‘चपली हाइट ३’ को अष्ट्रेलिया राइट्स विक्री भएको छ । निकेश खड्का निर्देशित चलचित्रको अष्ट्रेलिया राइट्स बाबा कन्सल्टेन्सीले २५ हजार अष्ट्रेलियन डलर (नेपाली १९ लाख १८ हजारभन्दा बढी) मा खरिद गरेको हो । सोमवार बाबा कन्सल्टेन्सीले निर्माता अर्जुन कुमारसँग कागजी सम्झौता गरेको छ । महँगो मूल्यमा चलचित्रको अष्ट्रेलिया राइट्स विक्री हुनुलाई निर्माता अर्जुन कुमार ‘चपली हाइट’ ब्रान्डप्रतिको विश्वास बताउँछन् ।

उनले अन्य देशमा पनि चलचित्रको माग भैरहेको बताए । केही दिनअघि सार्वजनिक भएको ‘चार आनाको मसला’ बोलको गीतले चलचित्रको हाइप निर्माणमा ठूलो भूमिका खेलेको निर्माता अर्जुनको भनाई छ । गीतलाई दर्शकले रुचाएकोमा उनी दंग छन् । ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्रमा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुन कुमारको दाबी छ । यो चलचित्रको अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । अर्जुन कुमार फिल्मस्को ब्यानरमा चलचित्र निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर चलचित्र ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । यो चलचित्र बक्सअफिसमा औसत चलेको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र बनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!