हिपमत डटकम

बुधबार, मंसिर १५, २०७८ || 466  पटक पढिएको

एजेन्स। भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी अध्यक्ष ममता बनर्जीको अगुवाइमा दिल्ली चलो नारा घन्काउन थालिएको छ ।

सन् २०२४ मा हुने आमनिर्वाचनमा आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख चुनौतीका रूपमा पेश गर्नका लागि ममताले अनेकौं कदम चालिरहेकी छन् ।

गत मे महिनामा पश्चिम बंगालमा लगातार तेस्रोपटक विधानसभा निर्वाचन भारी अन्तरले जितेकी ममताले उत्तरपूर्व, गोवा र बिहारमा समेत सक्रियता बढाइरहेकी छन् ।

त्यसले गर्दा विपक्षी दलहरूको एकता भंग भयो अनि ममताको महत्त्वाकांक्षा समेत झल्कियो ।

तृणमूलले दिल्लीमा शासन चलाउनका लागि बनाएको योजनामा भतिजा अभिषेक बनर्जी र प्रशान्त किशोरको हात रहेको बताइन्छ ।

ममताले राष्ट्रिय राजनीतिमा कदम राख्न खोजेको यो पहिलो अवसर हैन । सन् २०१७ देखि नै यसको पृष्ठभूमि बनाइएको छ ।

सन् २०१६ मा मोदीले नोटबन्दीको घोषणा गरेलगत्तै एक घन्टामै ममताले कडा विरोध गरेकी थिइन् । नोटबन्दीको ४८ घन्टासम्म पनि अन्य विपक्षी दलहरूले राजनीतिक नाफानोक्सानको आकलन गरिरहँदा ममताले मोदीमाथि आक्रमण गरेर आफ्नो बेग्लै पहिचान स्थापित गरिसकेकी थिइन् ।

ममता केन्द्र सरकारको सबभन्दा प्रखर आलोचकमध्ये एक हुन् । भाजपाले उनलाई उनकै राज्यमा घेर्ने योजना बनाउँदा ममता आफ्नो दुर्ग बचाउन लागिपरिन् । लोकसभामा भाजपाले ममताको किल्ला भत्काउन सफलता पाए पनि विधानसभा निर्वाचनमा तृणमूल फेरि बलियो बन्यो ।

त्यसपछि ममताले आफ्नो मिसन असरदार रूपमा अघि बढाइन् ।

अन्य क्षेत्रीय दलहरूले कांग्रेस पार्टीलाई प्रमुख विपक्षीका रूपमा लड्ने शक्ति नभएको भन्दै गिल्ला गरे । यस्तो अवस्थामा ममता बनर्जीले मौका देखिन् र कांग्रेसको साटो तृणमूललाई अनि आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न थालिन् ।

देशका क्षेत्रीय दलहरूलाई एकीकृत गरी राष्ट्रिय स्तरमा भाजपासँग लड्न आफू सक्षम रहेको सन्देश ममताले दिन खोजेकी छन् । तृणमूलले केही दिनमा यसका लागि केही ठूलै कदम उठाउन खोजेको संकेत छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!