बितेको डेढ दशकमा वीरगञ्ज सुक्खा बन्दरगाहको व्यापार १० गुणा बढेको तथ्यांकले देखाउँछ । तर, व्यापारको बढ्दो चापको तुलनामा बन्दरगाहको पूर्वाधार विस्तार नहुँदा आयातनिर्यात सकसपूर्ण बनेको छ ।

२०६१ सालमा बन्दरगाह सञ्चालनमा आएयता सरकारले भौतिक र प्राविधिक सुधारमा कुनै पनि उल्लेखनीय काम गरेको छैन । पूर्वाधार अपर्याप्त र जीर्ण बन्दै गएका छन् । बन्दरगाह सञ्चालनको जिम्मा हिमालयन टर्मिनल प्रालिले लिएको छ । हिमालयन टर्मिनलमा भारतीय रेलवेको भगिनी प्रतिष्ठान भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कर) मुख्य साझेदार हो ।

नेपाल इन्टर मोडल यातायात विकास समिति (एनआईटीडीबी) बन्दरगाहको नियामक निकाय हो । व्यापारको तुलनामा साँघुरो बन्दै गएको बन्दरगाहको पूर्वाधार प्रबन्धमा एनआईटीडीबीले प्रभावकारी पहल नगरेको गुनासो निजीक्षेत्रको छ ।

रेलमार्गसँग जोडिएको एकमात्र सुक्खा बन्दरगाहमा पर्याप्त पूर्वाधार नभएकै कारण आयातित मालसामान थुप्रिने र आयातकर्तालाई जरीवानाको भार परिरहेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । ‘सञ्चालनको डेढ दशक बितिसक्दा पनि पूर्वाधार सुधार र विस्तारमा ध्यान नपुग्दा अपेक्षित उपलब्धि हात लाग्न सकेको छैन । उल्टै आयात कारोबारमा जरीवानाको आकार वृद्धि भइरहेको छ,’ टेमानीले आर्थिक अभियानस बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!