एजेन्सी। अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।
वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत् उक्त घटनामा ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।