जनकपुरधाम । भारतीय साहु सामाजका राष्ट्रिय कार्यवाहक अध्यक्ष अरबिन्द गान्धीले नेपाल भारतबीचको सम्बन्ध प्राचीन काल देखिको रहेकोले कसैले तोडन नसक्ने बताएका छन् । शुत्रबार जनकपुरधाममा आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

लोकतान्त्रिक समाजवाद पार्टी सहकारी बिभागका राष्ट्रिय प्रमुख संजय साहले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष गान्धीले सामाजिक, साँस्कृतिक, धार्मिक, राजनीतिक र सुरक्षाको दृस्टिकोणले नेपाल भारतबीचको सम्बन्ध बलियो रहेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उतर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको जनकपुरधाम आगमनले नेपाल भारत बीचको सम्बन्ध अझै मजबुत भएको बताए ।

त्यसैगरी कार्यक्रमका अन्य वक्ताहरुले जानकी मन्दिरको विकास र जनकपुरधामलाई अन्तराष्ट्रिय पर्यटकिय नगरी बनाउने विषयमा दुबै देसका सरकार र स्थानीयहरुको सक्रियता हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेश २ का प्रदेश सांसद प्रमेश्वर साह, वैश्य युवा संघ प्रदेश २ का अध्यक्ष राजु साह, लोसपा नेता रामचन्द्र पजियार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!