हिपमत डटकम

मंगलबार, कार्तिक ३०, २०७८ || 409  पटक पढिएको

बीपी राजमार्गमा बन्द गराउँदै हिँडेका नेकपा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताहरुलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

मूल्यवृद्धि फिर्ता लगायतका माग राखी यातायात बन्द गराउँदै हिँडेका पाँचजनालाई बीपी राजमार्गको स्टलबजार नजिकबाट र माढीबजारबाट २१ जना गरी २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुमा जिल्ला इन्चार्ज वर्तमान राईलगायत छन् । प्रहरीले शान्तिपूर्ण बन्दमा हस्तक्षेप गरेर पक्राउ गरेको भन्दै उनीहरुले चर्का नाराबाजी गरेका थिए ।

राजमार्गमा यातायात संचालन गर्नेहरुलाई उनीहरुले बन्द गरिदिन अनुरोध गरेका थिए । मूल्यवृद्धिका विषयमा शान्तिपूर्ण प्रदर्शन गर्दा धरपकड गरी पक्राउ गरेको इन्चार्ज राईले बताएका छन् ।

नेकपाका नेता–कार्यकर्ताहरुले सदरमुकाम सिन्धुलीमाडीमा नाराबाजीसहित बिहान र्‍याली निकालेका थिए । उनीहरुले मूल्यवृद्धि फिर्ता, जनमत संग्रहलगायतका विभिन्न नारा लगाएका थिए । जबरजस्ती बन्द गराउँदै हिँडेकाहरुलाई नियन्त्रणमा लिएको प्रहरीले प्रहरी निरीक्षक बुद्धिराज नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!