हिपमत डटकम

मंगलबार, कार्तिक ३०, २०७८ || 726  पटक पढिएको

मोरगंको जहदामा प्रथम जहदा फुटबल प्रतियोगीता सम्पन्न भएको छ ।

सोमबार जहदा गाँउपालिका वडा नम्बर ३ जयरामपुरको एक प्रङ्गनमा सम्पन्न फईनल खेलमा र्सिशिया फुटबल क्लवले  झोराहाट युवा क्लवलाई ३-० गोलले हराएको हो ।

जहदा युवा क्लवको आयोजनामा भएको सो खेलमा जहदा गाँउपालिका वडा नम्बर ३ ले आर्थिक सहयोग गरेको थियो ।

कार्तिक १५ गते देखि २७ गते सम्म १० दिन सम्म भएको सो खेलमा १६ वटा टिमहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिती रहेको सोही वडाका वडा अध्यक्ष अनिल कुमार ठाकुरले भने हामीले भौतिक बिकाश संग संगै खेलाडीहरुको क्षमता बिकासको लागि यस्ता खालका प्रतियोगीताहरुको आयोजना गर्नु पर्छ । समाजमा कुनै एक पक्ष सबल भई हालेमा मात्र समाज राम्रो भई हाल्ने होईन । सबै कुरालाई बराबर गरी अगाडी लानुपर्छ । त्यसैले हामीले खेलाडीहरुलाई प्रोत्साहन संगै क्षमता वृद्धीको लागि अझै यस्ता खेल प्रतियोगीताहरुको आयोजना गर्नु पर्छ भन्ने कुरामा जोड दिएका थिए ।

प्रतियोजितामा प्रथम हुनेलाई नगद रु ३० हजार र दोस्रो हुनेलाई नगद रु २० हजार सहित सिल्ड र ट्रफी प्रदान गरीएको थियो ।

आजको फईनल खेलमा र्सिशिया फुटबल क्लवका गोपाल मन्डीले एक गोल गरी टीमलाई अग्रता दिलाएको थियो भने पछि सोही टिमका खेलाडी अरुन सोरेनले दुई गोल गरी टिमलाई जित्नको लागि सफल बनाएका थिए ।

खेलमा झोराहाट युवा कल्बका अरुन सोरेन म्यान अफदी म्याच भएको हो । उनलाई पनि सिल्ड सहित ट्रफी प्रदान गरीएको थियो ।

प्रतियोगीतामा समाजसेवी जगरनाथ राय, अर्का समाजसेवी दिपक यादब, सोही वडाका वडा सदस्य सुखित राजवंशी, पत्रकार, खेलाडी, युवा सहित स्थानियहरुको ब्यापक उपस्थिती रहेको थियो ।

आजको प्रतियोगीता जहदा युवा क्लवका अध्यक्ष गणेश कुमार कामतको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!