आउँदो वर्षको दशैंको फूलपातीका लागि अहिलेसम्म दुई चलचित्र आउने तय भैसकेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्न लागेको चलचित्र ‘छक्का पञ्जा ४’ र मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण तथा अभिनय गर्ने चलचित्र आउँदो वर्षको फूलपातीमा प्रदर्शन हुँदैछ । अब, यी दुई चलचित्रसँग भिड्न फूलपातीमा अर्को ‘ए मेरो हजुर ४’ थपिएको छ ।

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुने भएको छ । प्रणय दिवसको अवसर पारेर निर्माता सुनिल कुमार थापाले चलचित्र २०७७ सालको कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिए । योसँगै अर्को वर्षको फूलपातीमा तीन ठूला फिल्मको बक्सअफिसमा महाभिडन्त हुने देखिएको छ ।

फागुन दोस्रो साताबाट ‘ए मेरो हजुर ४’ को छायांकन सुरु हुँदैछ । चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि अभिनय रहनेछ । सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्र नेपाल, ओमान र हल्याण्डमा खिचिने बताइएको छ । यो चलचित्रमा अनमोल र सुहानाले दोस्रो पटक रोमान्स गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!