हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 494  पटक पढिएको

विश्व मधुमेह दिवसको अवसरमा न्यूरो अस्पताल विराटनगरमा सचेतनामूलक कार्यक्रमसहित निःशुल्क मधुमेह जाँच गरिएको छ ।

अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले मधुमेह हुन नदिन र भइहाले पनि कसरी रोकथाम र नियन्त्रण गर्न सकिने त्यसबारेमा विरामीलाई स्वास्थ्य सचेतना दिए । सोही अवसरमा विरामीहरुको निःशुल्क मधुमेह जाँच गरिएको थियो ।

निःशुल्क मधुमेह जाँचमा १ सय विरामीको उपचार गरेको अस्पतालले जनाएको छ । विरामीको उपचार अस्पतलाका वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरूङले गरेका थिए । जाँच गरिएको विरामीलाई अस्पतालले निःशुल्क औषधी वितरण गरियो ।

विश्व मधुमेह दिवसको अवसरमा अस्पतालमा आएका विरामीलाई अन्य जाँचमा ५० प्रतिशत छुट दिइयो । न्यूरो अस्पतालले यसअघि पनि विभिन्न अवसर पारेर जाँच तथा उपचारहरु निःशुल्क तथा छुटसहित प्रदान गर्दै आएको छ । आउँदा दिनमा यस्ता कार्यक्रममलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!