जिन्दगी के हो कसलाई थाहा छ र??
कहिले रुन बाध्य बनाउछ त कहिले हास्न सिकाउछ।।
कसैलाई अन्धकार मा जलाएर कसैलाई उज्यालो देखाउछ।।
बादल भन्दा माथि उड्ने रहर देखाउने जिन्दगी ।।
समय र परिस्थिति अनुसार बाच्न सिकाउने जिन्दगी ।।
प्रश्ननै पश्न छ मनमा तर उत्तर पाइन्छ कि पाइदैन ।।
लक्ष्य धेरै टाढा छ एकछिन विश्राम लिन पाइन्छ कि पाइदैन ।।
ए जिन्दगी त प्रत्येक दिन घामको किरन सँगै केही आशा बोकेर ल्याउछस् ।।
साचे भन्दा विपरीत भएर लाखौ मानिसको सपनाले आफ्नो आर्यघाट
सजाउछस् ।।
सोचे जस्तो छैन जिन्दगी यहाँ
हरेश नखाउ जुनसुकै परिस्थिमा
बलि नचडाउ तिम्रो सपनाको
कडा परिक्षम नै हो समाधान सबै कुराको ।।
नाम:साबित्रा अधिकारी
ठेगाना:इटहरी-५ ,सुनसरी