हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 589  पटक पढिएको

मोरङमा एक युवकको हत्या भएको छ । बुढीगंगा गाउँपालिका–६ कोयलपुरमा ग्याङ फाइट हुँदा २६ वर्षीय रिजन दाहालको हत्या भएको हो ।

प्रहरीको अनुुसार २७ गते बेलुका टर्च लाइट बालेको विषयमा दुई समुहबीच विवाद भएको र त्यही विषयमा रिसिबीको रुपमा लिएर राति हत्या भएको हो ।

धनकुटा पाख्रीवास घर भएका रिजन इटहरीमा बस्दै आएका थिए । उनी भतिजीको जन्मदिन मनाउन शनिबार राति त्यहाँ आएका थिए । दुई समुहका सबैजना मदिरा पिएका थिए । उनको ५/६ जनाको समुहसँग विवाद भएपछि विवाद बढ्दै जाँदा उनलाई बारीमा लगेर आक्रमण गरेको प्रहरीले जनाएको छ ।

दाहाललाई टाउकोमा सात जनाले खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ । गम्भिर घाइते भएका दाहाललाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । शव पोस्टमार्टमको लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!