हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 538  पटक पढिएको

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले सीमा क्षेत्रमा करिब १ लाख रुसी सैनिक तैनाथ गरेको बताएका छन्। राष्ट्रपति जेनेन्सीकले वेवसाइटमार्फत् उक्त जानकारी दिएका हुन्।

रुसले ठूलो संख्यामा सीमा क्षेत्रमा सैनिक तैनाथ गरेर रुसले शान्ति नचाहेको समेत उनले आरोप लगाएका छन्। उनले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,‘कसले शान्ति चाहेको र कसले नचाहेको भन्ने विश्वले अब स्पष्ट देख्न सक्छ। १ लाख सैनिक युक्रेनको सीमामा तैनाथ गर्ने मुलुकले शान्ति चाहेको कि हामीले त्यो पनि विश्वले छुट्याउनेछ।’

युक्रेनी सीमा क्षेत्रमा खटिएका रुसी सैनिकले जुनसुकै समयमा आक्रमण गर्नसक्ने त्रास रहेकोसमेत उनले बताएका छन्। यसअघि नोभेम्बर ३ मा युक्रेनको रक्षा मन्त्रालयले आफ्नो सीमा क्षेत्रमा ९० हजार रुसी सैनिक खटिएको बताएको थियो।-Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!