हिपमत डटकम

आइतबार, कार्तिक २८, २०७८ || 672  पटक पढिएको

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट संरक्षित वन्यजन्तुको जस्तो देखिने १ थान छाला (आखेटोपहार) र ४ थान छालाका टुक्रा सहित काठमाडौं महानगरपालिका-१४ बस्ने ललितपुर महांकाल गाउँपालिका-५ चन्दपुर घर भएका २८ वर्षीय दिपेश तिमल्सिनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

दिपेशलाई बरामद आखेटोपहार सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!