रबिन्द्र बराल

आइतबार, कार्तिक २८, २०७८ || 491  पटक पढिएको

रंगेली नगरपालिका ८ मा रहेको चण्डिका डिष्टिलरीका मजदुरहरुले ९ सुत्रिय माग राख्दै आन्दोलन गर्ने भएका छन । शनिबार पत्रकार सम्मेलनकाे आयोजना गर्दे उनीहरुले आन्दोलन गर्ने र श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै ऐन अनुसार माग पूरा गर्ने आन्दोलन गर्ने तयारी गरिरहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

 

उनहरुले हाल कार्यरत रहेका नियमित कामदार तथा कर्मचारीहरु बाहेक सम्पूर्णलाई नियमित गरियोस् , सम्पूर्ण कामदार तथा कर्मचारहिरुलाई वार्षिक वोनस ३ महिना बरावरको खाइ पाई आएको तलव भत्ता सहित दिने व्यवस्था गरियोस् , सम्पूर्ण कामदार तथा कर्मचारीहरुलाई दशै खर्च वापत ४५ दिन बराबरको खाई पाई आएको तलव भत्ता दिने व्यवस्था गरियोस् , सम्पूर्ण कामदार तथा कर्मचरीहरुलाई श्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरेका सम्पूर्ण विदाहरुका साथै महिलाहरुलाई तीज र जितिया पर्वको थप बिदा यथासिघ्र लागू गरियोस् । कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरुलाई दश लाख सम्मकाे जीवन विमा गरियोस् ।

 

कम्पनी ले दिदै आएको कपडा भत्ता रु. २५ सय रुपैयाँ दिदै आएकाे तर पाेसक भत्तालाई वृद्धि गरी रु. ७ हजारका दरले सम्पूर्ण कामदार तथा कर्मचारीहरुलाई दिइयोस् , सम्पूर्ण कामदार तथा कर्मचारीहरुलाई घर भाडा वापत २५९ दिने व्यवस्था गरियोस् , रात्री सिफ्टमा काम गर्ने कामदार तथा कर्मचारीहरुलाई सि ऐलोन्स स्वरुप मासिक तिन हजार पाँच सय र रात्री भत्ताको व्यवस्था गरियोस् तथा प्रतिष्ठान स्तरमा ट्रेड युनियन प्रतिनिधिहरुलाई माथिल्लो कमिटिले आयोजना गर्ने बैठक गोष्ठि, सेमिनार तथा वार्ताहरुमा उपस्थित हुनुपर्दा काज विदाको साथै युनियन अफिसको व्यवस्था गरियोस् भन्दै माग प्रस्तुत गरेका छन् ।

चन्डिका डिस्टिलरी का प्रमुख रवि केसि संग टेलिफोन मार्फत सम्पर्क गर्दे उनलेे भने आफू हरु ले नेपाल सरकारले ताेकेकाे अनुसार ९ हजार ५ सय ५० रुपैयाँ र महंगि भत्ता ५ हजार ४सय ५०रुपैयाँ र ग्रेड हरेक बर्ष आधादिन काे तलब १ सय ५९ रुपैयाँ र घर भाडा भाडा १० प्रतिशत ले ९ सय ५५ रुपैयाँ तथा सन्ञचे काेस उत्पादकाे २० प्रतिशत काे दरले १९ सय १० गरि जम्मा १८ हजार २४ रुपैयाँ पाउने व्यवस्था र त्यस बाहेक सिलिग भत्ता डिपाट अनुसार फरक फरक दिईरहेकाे र बेटलिगमा मासिक रुपमा ४ सय ५० रुपैयाँ र बाेइलरमा सिप्टअनुसार ८ सय ५० देखि १२ सय ५० रुपैयाँ र प्लान्टमा सिप्ट अनुसार ७ सय ५० रुपैयाँ देखि २४ सय रुपैयाँ समेत दिदै आईरहेकाे उनलेे बताए ।

 

त्यसैगरी बार्षिक चाडपर्व बिदा पुरुष लाई १४ दिन तथा महिलाहरुलाई १५ दिन र घर बिदा बर्षमा १८ दिन बिरामी बिदा १२ दिन समेत दिदै आईरहेकाे समेत बताए । हरेक शनिबार बिदा गरि जम्मा ९७ दिन बिदा समेत दिदै आईरहेकाे छ । जम्मा ३६५ दिन मा २६८ दिन काम गरेर १२ महिना काे तलब ,दशै पेश्कि,बाेनस ,कपडा काे ३ हजार गरि कम्सेकम पनि बार्षिक २४ लाख रुपैयाँ समेत दिदै आईरहेकाे छ ।

८घन्टा भन्दा बडि काम गरे अाेभरटईम बापत बेसिक तलब मा १.५ प्रतिशत का दरले बाेनस काे हकमा कम्पनी धाटामा हुदा समेत १ महिनाकाे बाेनस समेत दिएकाे र ब्यालेन्स सिट हेरेर बाेनस खाउ भन्दा समेत मजदुरले नमानेकाे र श्रम ऐन अनुसार दिदा पनि वा नियम सम्बत गर्दागर्दै पनि नभयकाले अब कम्पनि बन्द गर्नु बाहेक अरु बिकलप समेत नरहेकाे केशिले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!