हिपमत डटकम

आइतबार, कार्तिक २८, २०७८ || 629  पटक पढिएको

सुनको भाउ लगातार चार दिनदेखि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक २४ गतेदेखि सुनको भाउ बढेको बताएको छ । कात्तिक २३ गते प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो ।

कात्तिक २४ गते ४००, २५ गते १३ सय र २६ गते ४०० ले बढेको सुनको मूल्य आज २०० ले बढेको महासंघले जानकारी दिएको छ । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।

आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दै १२ स ९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!