मोरङ ग्रामथान-३ रङग टोल बस्ने ५३ बर्षीय हरीलाल माझीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ। आज बिहान पउने ८ बजे ग्रामथान स्थित भित्रि कच्ची बाटोमा को ६ प ७९६९ नम्बरको मोटरसाईकलले पैदल यात्री माझीलाई ठक्कर दिदा गम्भिर घाईते भएकोमा नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा उनको पउने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।