गएको तीनवर्षदेखि एकअर्कालाई डेट गरिरहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ । गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको थियो । तर, ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन् । शुक्रवार प्रणय दिवसको अवसर पारेर अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा एक तस्विर राख्दै आफ्नो विवाहको मिति सार्वजनिक गरिन् ।

तस्विरमा एक बालकले हातमा खरीपाटी बोकेका छन् र त्यसमा लेखिएको छ, ‘सेभ द डेट २०२० फेब्रअरी २७ (नेपाली मिति २०७६ साल फागुन १५ गते) ।’ तस्विरको पृष्ठभूमिमा प्रियंका र आयुष्मान एकअर्कालाई चुम्बन गर्दै देखिएका छन् । दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरु यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन् ।

तर, हालै आफ्ना साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि प्रियंकाले यही फागुनमा विवाह गर्न लागेको चर्चा चलेको थियो । प्रियंका र आयुष्मानको प्रेम चलचित्र ‘कथा काठमाण्डू’ को सेटबाट अंकुराएको थियो । यो फिल्ममा उनीहरुले पहिलो पटक सँगै काम गरेका थिए । तर, स्क्रिन साझेदार भने गर्न पाएका थिएनन् । विवाहभन्दा अगाडि नै प्रियंका र आयुष्मानले काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनिसकेका छन् । अहिले उनीहरु घर सेटअपमा व्यस्त छन् । विवाहपछि उनीहरु छुट्टै बस्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!